२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको पहिलो दिन आइतबार करोबार सुरु भएको दुई मिनेटमै सिंगटी हाइड्रो इनर्जीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आइतबार कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बढेर प्रतिशेयर ३९९ रुपैयाँ पुगेको हो ।
नेप्सेले दिएको ओपनिङ्ग रेन्जको आधारमा कम्पनी शेयर ३०० रुपैयाँबाट कारोबार खुलेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij