Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक रोजगारीका समस्या समाधान गर्न व्यवसायी र सुरक्षा निकायबीच सहकार्य गर्ने प्रतिबद्धता

वैदेशिक रोजगारीका समस्या समाधान गर्न व्यवसायी र सुरक्षा निकायबीच सहकार्य गर्ने प्रतिबद्धता


  • 1.1K
    Shares

    वैदेशिक रोजगारीका समस्या समाधान गर्न व्यवसायी र सुरक्षा निकायबीच सहकार्य गर्ने प्रतिबद्धता

    काठमाडौं । वैदेशिक रोजगार व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिले वैदेशिक रोजगारीका क्षेत्रमा भएका विविध समस्या समाधन गर्न आपसी सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले शुक्रबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगार व्यवसायका समस्या र सुरक्षा निकायको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी व्यवसायी र सुरक्षा निकायका प्रतिविधिले समस्या समाधान गर्नका लागि एक आपसमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षत्रीले हाल वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्नका लागि सुरक्षा निकायको भूमिका एकदमै महत्वपूर्ण हुने भएकाले सुरक्षाकर्मीले वैदेशिक रोजगार व्यवसायीसँग आपसी सहकार्य गरी अघि बढ्नुपर्ने बताए ।

    यदि, कुनै उजुरी तथा घटनाक्रमको अनुसन्धान गर्ने क्रममा व्यवसायीलाई अनावश्यक डर, त्रास र धरपकड नगरी आपसी सहकार्यका आधारमा समस्या समाधानका लागि वैदेशिक रोजगारीको क्षेत्रको नियामक निकाय वैदेशिक रोजगार विभागलगायत सम्बन्धित ठाउँमा कानुनी प्रक्रिया अघि बढाउनका लागि प्रहरीले सहयोग गरिदिनुपर्नेमा उनले जोड दिए ।

    पछिल्लो समय वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका विविध समस्याबारे जानकारी गराउँदै अध्यक्ष पाण्डेले विगत लामो समयदेखि हरेक अवस्था र परिस्थितिमा व्यवसायीको संरक्षण गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक तथा मानवीय सेवामा सहयोग पु¥याउँदै आएको यस समितिमा आबद्ध व्यवसायीले कानुनको परिधिमा रहेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेकाले यस्तो कार्यमा विभिन्न सुरक्षा निकायले पनि आइपर्ने समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको बताए ।

    उनले सुरक्षा निकाय र व्यवसायीबीच भएको आपसी सहकार्य गर्दै अघि बढ्ने सामूहिक प्रतिबद्धताले मुलुकको वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका जस्तोसुकै समस्या सजिलै समाधन गर्न सहज हुने अपेक्षा गरिएको बताए ।

    वर्तमान कानुनी व्यवस्थाअनुसार वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका क्रममा प्रहरी तथा सुरक्षाकर्मीबाट हुने अनुसन्धानको तह वैदेशिक रोजगार विभागपछि दोस्रो तहको भएकाले आगामी दिनमा सहकार्य गरी अघि बढ्नका लागि कार्यक्रममा सहभागी विभिन्न सुरक्षा निकायका प्रतिनिधिलाई सोहीअनुसारको भूमिकामा रहेर काम गरिदिन आग्रह गरे ।

    यदि, कुनै व्यक्तिले वैदेशिक रोजगार व्यवसायीमाथि उजुरी गरेको खण्डमा प्रहरीले सम्बन्धित नियामक निकाय विभागमा बुझाइदिने अथवा कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गर्नेसम्मका काम गरी व्यवसायीसँगको सहकार्यमा जुट्न आग्रह गरे ।

    सो कार्यक्रममा प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरो प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनी, काठमाडौं महानगर प्रहरी वृत्त महाराजगन्जका प्रहरी प्रमुख निराजन थापा, महानगर प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शरणविक्रम शाह, बसुन्धारा प्रहरी चौकीका प्रमुखलगायत सामाखुसी–बसुन्धारा क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरूको सहभागितामा समितिले वैदेशिक रोजगार व्यवसायीको समस्या र सुरक्षा निकायको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

    समितिका उपाध्यक्षद्वय तारानाथ अर्याल र खड्कबहादुर केसीले हाल वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या र सुरक्षा निकायबाट समस्या समाधानका लागि गर्नसक्ने भूमिकाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

    समितिका महासचिव मधुकर रिजालले यस समितिले स्थापनाकालदेखि हालसम्म गर्दै आएका विविध कार्यबारे जानकारी गराउँदै वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका समस्या समाधानमा सुरक्षा निकायका प्रतिनिधिले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नका लागि आफूहरूले सक्दो प्रयास गर्ने बताए । उनले यो छलफल कार्यक्रम एकदमै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोकालीले पनि हाल वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विविध समस्या समाधानका लागि व्यवसायीसँग सहकार्य गर्दै अघिबढ्ने क्रममा सुरक्षा निकायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई थप सुरक्षित बनाउने व्यवसायी संघको अभियानमा प्रहरीले पनि सक्दो सहकार्य गर्ने अपेक्षा गरिएको बताए ।

    उनले समग्र वैदेशिक रोजगारीका क्षेत्रमा भएका विविध समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएकोे यस कार्यक्रमले आगामी दिनमा आइपर्ने जस्तोसुकै समस्या समाधानमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

    प्रकाशित मिति :आषाढ १४ २०८२ शनिवार - ०५:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij