Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण


  • 7.3K
    Shares

    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    images

    काठमाडौँ । बलिउड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । सनी देओलले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफु अहिले होम आइसोलेसनमा रहेको बताएका छन् ।

    देओलले आफ्नो स्वास्थ्य ठिक रहेको जानकारी दिदै पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह समेत गरेका छन् ।

    सनी देओल करिब एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसेका थिए । केहि दिनअघि मुम्बईमा आआफ्नो काधको सर्जरी गरेर फेरी मनाली फर्किएका थिए ।

    सांसद समेत रहेका देओल कोरोना महामारीका बेला आफ्नो क्षेत्रमा राहत र सहयोगमा व्यस्त समेत रहेका थिए । उनी पंजावको गुरदासपुर क्षेत्रबाट बिजेपीका सांसद हुन् । 

     

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १२:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij