Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

विमान दुर्घटना

उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान, दुर्घटनाग्रस्त विमानमा छैनन् नेपाली

उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान, दुर्घटनाग्रस्त विमानमा छैनन् नेपाली


  • 2.7K
    Shares

    • images
    उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान, दुर्घटनाग्रस्त विमानमा छैनन् नेपाली

    काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।

    यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

    अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो । धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज
    दुर्घटनाग्रस्त भएको थियो । 

    लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।

    विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - १५:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij