Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

संसद्काे गतिराेध खुलाउने प्रयास

‘संसद्काे गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार’

‘संसद्काे गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार’


  • 3.1K
    Shares

    • images
    ‘संसद्काे गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार’

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको बताए ।

    उनले त्यसमा आफुहरु सहमत रहेको समेत बताए । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफुहरुको सहमति रहेपनि रास्वपाको असहमति देखिएको उल्लेख गरे । 

    यस्तै रास्वपाले ल्याएको अर्को ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए । भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार तीन बजेका लागि बोलाइएको जिकिर गरे ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १६:३३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij