Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना

ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना


  • 2.8K
    Shares

    • images
    ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना

    काठमाडौं । पोखरा महानगरपालिका-१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेका छ । 

    २ वटा प्याराग्लाईडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो । 

    उक्त दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करीव ३ बजे सकुशल उद्धार गरेको छ । 

    उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षिय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १५:३७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij