Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

लागु औषध कारोबारी समात्ने क्रममा घाइते भएका सुरक्षाकर्मीलाई प्रहरी अस्पताल महाराजगञ्ज लगियो

लागु औषध कारोबारी समात्ने क्रममा घाइते भएका सुरक्षाकर्मीलाई प्रहरी अस्पताल महाराजगञ्ज लगियो


  • 5.1K
    Shares

    • images
    लागु औषध कारोबारी समात्ने क्रममा  घाइते भएका सुरक्षाकर्मीलाई प्रहरी अस्पताल  महाराजगञ्ज लगियो

    काठमाडौं ।  लागु औषध कारोबारीलाई समात्ने क्रममा घाइते भएका दुई प्रहरीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।

    घाइते प्रहरीलाई उपचारका लागि अस्पताल लगिएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जानकारी दिएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरू ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । 

    लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएका थिए भने उक्त क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । 

    गोली चलाएर चार जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

    नियन्त्रणमा लिइएका व्यक्तिहरु भारतीय नागरिक रहेको ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् । 

     

     

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १५:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij