२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिकामा किशोरी आत्मरक्षा तालिम सम्पन्न गरिएको छ । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी गुरुङ्गद्धारा उद्धघाटन गरिएको सो तालिम गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को गाउँपालिकाको निर्धारीत कार्यक्रम अन्तर्गत महिला अधिकार सरोकार केन्द्र गोरखाको प्राविधक सहयोग एव आयोजनामा भएको तालिममा ९१ जना स्थानिय किशोरीहरूले आत्मरक्षा तालिम लिएको चुमनुव्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ्गले बताइन् ।
उनले किशोरीहरुमा विद्ययमान यौन हिंसा, घरेलु हिंसा, बलात्कार र हत्या जस्ता घटनाहरू बढ्दो क्रममा रहेकाले भविश्यमा उक्त समस्या उत्पन्न हुन नदिन गाउँपालिकाले आत्मरक्षा तालिम आयोजना गरेको बताइन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले संम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न र हाल सामाजिक संजालको प्रयोग गर्ने तरिका नजान्दा हुन सक्ने हिंसाको न्यूनिकरण गर्न आफु सचेत हुनु पर्ने बताए ।
उनले समाजमा बढ्दै गइरहेको यस्ता खाले घटनाको आवश्यकता पहिचान गरी भविश्यमा दुर्घटना हुन नदिन पालिकास्तरीय कार्यक्रमहरु ल्याउनु पर्ने सुझाब दिए ।
तालिम गत जेठ १८ देखी २० गतेसम्म बुद्ध मा.वि.मा र जेठ २३ देखि २५ गतेसम्म ल्हो मा.वि.मा सञ्चालन गरिएको थियो । उक्त तालिममा कक्षा ८ देखी १० सम्मका ६० जना किशोरीहरु सहभागी भएका थिए । यसै कार्यक्रम अन्तर्गत ल्हो मा.वि. मा ३१ जना किशोरीहरुलाई तालिम प्रदान गरिएको संस्थाका प्रतिनिधि केदार पोखरेलले बताए ।
यसैगरि संस्थाका कार्यकारी निर्देशक निर्माण घिमिरेले तालिमको उदेश्य र कार्यक्रम कार्यान्वयनको बारेमा बताएका थिए । प्रशिक्षकहरु बिक्रम घले र सदिक्षा देवकोटाले किशोरीहरुलाई तालिम प्रदान गरेका थिए ।
उक्त तालिम सहितको कार्यक्रममा गाउँपालिकाको लेखा शाखा, शिक्षा शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षकहरूको समेत उपस्थिती रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij