२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।
प्रि-ओपनिङ्ग सेसनमा कम्पनीको कारोबार प्रति कित्ता ३०० रूपैयाँमा भएको छ । कम्पनीको ३० कित्ता सेयर प्रति कित्ता ३०० रूपैयाँमा भएको हो ।
मंगलबार कम्पनीको एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij