Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता पुरुषको गोताखोर द्वारा खोजी सुरु

पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता पुरुषको गोताखोर द्वारा खोजी सुरु


  • 1.8K
    Shares

    • images
    पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता पुरुषको गोताखोर द्वारा खोजी सुरु

    काठमाडौं । पौडी खेल्ने क्रममा कास्कीको बेगनास तालमा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी सुरु गरेका छन्।

    आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए।

    श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो।

    गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - ०९:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij