Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

एमाले नेतृले आर्मीमा भर्ती हुन लाखौँ रकम लिएर सेटिङ मिलाएको अडियो सार्वजनिक

एमाले नेतृले आर्मीमा भर्ती हुन लाखौँ रकम लिएर सेटिङ मिलाएको अडियो सार्वजनिक


  • 3.2K
    Shares

    • images
    एमाले नेतृले आर्मीमा भर्ती हुन लाखौँ रकम लिएर सेटिङ मिलाएको अडियो सार्वजनिक

    सुदूरपश्चिम प्रदेश सभाकी सदस्य जानकी ऐर बम शंकास्पद अडियो सार्वजनिक भएपछि विवादमा तानिएकी छन् । उनले नेपाली सेनामा भर्ती गराउन विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनसहितको सेटिङ गरेको आरोपपछि विवादमा तानिएकी हुन् । 

    नेकपा (एमाले)को प्रदेश कमिटी सचिवालय सदस्य ऐरले ‘लिखितमा अलि तयार गर्नु, मेजरसापलाई नाम पठाइसकेकी छु’ भनेको अडियोमा सुन्न सकिन्छ । त्यस्तै, बिचौलियाले ‘त्यो भाईले एक लाखको ब्याज स्याज तिरिरहेको छ, नाम ननिक्ले अफ्ठ्यारो हुन्छ नि’ भनेको सुन्न सकिन्छ । 

    सांसद ऐर र बिचौलियाले आर्मीमा भर्ती हुन चाहनेहरुसँग लाखौँ रकम लिएर सेटिङ मिलाएको धेरैको निष्कर्ष छ । 

    के वास्तवमै यो साँचो हो त ? उनै सांसद ऐरलाई सम्पर्क गरेर सोधेको छ । त्यसमा उनले आफ्नो कुनै संलग्नता नरहेको दावी गरिन् । ‘मान्छेका अडियो सार्वजनिक हुन्छन्, भिडियो सार्वजनिक हुन्छन्, के के हुन्छन्, हुन्छन् नि, म त्यसको पछाडि लाग्दैन’, उनले भनिन्, ‘अचेलको जमानमा एउटा मान्छेको टाउको एकापट्टी, शरिर अर्कोपट्टी बनाएर अडियो भिडियो आउछन्, त्यसैले म त्यस्तो कुरामा विश्वास गर्दिनँ, त्यसमा मेरो केही छैन ।’

    सांसद ऐरले सार्वजनिक अडियोमा सुनिने आवाज आफ्नो भएको नबताए पनि घुमाउरो स्वीकारोक्ति गरेकी छन् । सार्वजनिक अडियोमा बोल्ने को हो त ? भन्दा उनले प्रष्ट पार्न सकिनन् । उनले ‘त्यसमा मेरो कुनै संलग्नता छैन, कुनै आर्थिक लेनदेन पनि भएको छैन’ भनेर आफ्नो बचाउ मात्र गर्न खोजेकी छन् । 

    जनआस्थाले थप प्रश्न गर्दा उनले पुनः ‘त्यसमा मेरो संलग्नता छैन, अहिले यत्ति बुझौँ’ भनेर फोन काटिन् । सार्वजनिक अडियोमा सुनिने आवाजबारे प्रश्न गर्दा सांसद ऐरले बारम्बार घटनाकेन्द्रीत भएर जवाफ दिनुले आर्मी भर्तीमा आर्थिक लेनदेनको आरोपलाई बल पुर्याएको देखिन्छ ।

    जनयुद्धमा भूमिगत भएकी र ०७४ मा नेकपा (माओवादी केन्द्र)बाट पुरचौँडी नगरपालिकाको उपमेयर निर्वाचित बनेकी उनी नेकपा विभाजनपछि एमालेमा लागेकी हुन् । केही दिनअघि उनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सभामा खैलाबैला मच्चिएको छ । (जनआस्था)

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १७:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij