Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

आज एकै पटक चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकै पटक चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 2.1K
    Shares

    • images
    आज एकै पटक चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । मध्यान्ह साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । 

    बैठकमा कृषकहरूलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमूलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धि सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैँची अदुवा कफी चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा, रैथाने कृषि बालीको संरक्षण र विकास सम्बन्धमा छलफल हुने भएको छ । 

    त्यसैगरी दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने भएको छ । 

    त्यस्तै दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा हुने भएको छ ।

    बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुने भएको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - ०९:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij