Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणमा मुछिएको गृहमन्त्रीको छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक

भिजिट भिसा प्रकरणमा मुछिएको गृहमन्त्रीको छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक


  • 1.6K
    Shares

    • images
    भिजिट भिसा प्रकरणमा मुछिएको गृहमन्त्रीको छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक

    काठमाडौं । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष तयार भएको छ ।

    शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेबिच भएको छलफलमा कांग्रेस नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सहमत देखिएका हुन् । 

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सकारात्मक देखिएको जानकारी दिए ।

    ‘भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सकारात्मक देखिनु भएको छ,’ प्रचण्डले सञ्चारकर्मीहरूसँग भने, ‘न्यायिक समिति बनाउने कि संसदीय समिति बनाउने भन्ने विषय टुङ्गिएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अदालतमा मुद्दा दायर गर्ने बेलासम्म कुरौँ भन्ने कुरा पनि उहाँहरूको छ ।’

    प्रचण्डले प्रतिपक्षी दलहरूले छानबिनको भरपर्दो सरकारको प्रतिबद्धता आएमा आफूहरू संसद्को अवरोध हटाउन सकारात्मक रहेको जानकारी सत्तापक्षलाई दिएको पनि जानकारी दिए ।

    कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसँग भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले सहमति भइनसकेको तर सहमति हुने चरणमा रहेको जानकारी दिए । ‘संसद्को गतिरोध अन्त्य हुनुपर्छ भन्नेमा दुई पक्ष सकारात्मक छौँ । सहमति भइसकेको छैन । सहमति हुने चरणमा छ,’ ।

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १५:१०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij