Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यूएई जाने नेपाली श्रमिकको तलब निर्धारण

यूएई जाने नेपाली श्रमिकको तलब निर्धारण


  • 1.4K
    Shares

    यूएई जाने नेपाली श्रमिकको तलब निर्धारण

    काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । 

    बिहीबार मन्त्री भण्डारीले मन्त्री स्तरीय निर्णय गर्दै यूएई जाने श्रमिकको न्यूनतम तलब एक हजार दिराम तय गरेका हुन् । उनले अब यूएई जाने कामदारहरूको न्यूनतम तलब सुविधा १ हजार दिराम भए मात्रै राजदूतावासबाट मागपत्र प्रमाणीकरण हुने भएको छ ।

    मन्त्री भण्डारीले यूएई नेपाली कामदारका लागि आकर्षण गन्तव्यको रूपमा रहेको भन्दै त्यहाँ स्थित दूतावासको सुझावका आधारमा न्यूनतम तलब १ हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्री स्तरीय निर्णय गरिएको छ ।

    मन्त्री भण्डारीले भने, ‘यूएई जाने कामदारको हकमा पहिले ८ सय, हजार र १२ सय दिराम तलबको अनुपात लागु थियो भने अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्युन्तम १ हजार, १२ सय र १५ सय दिराम तलब निर्धारण गरिएको छ । तोकिएको भन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुने छैन’  ।

    नेपाल सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको छ । दूतावासले यो भन्दा कमका मागहरू मागपत्र प्रमाणीकरण नगर्ने मन्त्रालयले जानकारी दिएको छ । तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान पाउने छैनन् ।

    श्रम मन्त्रालयको निर्णयपछि यूएईस्थित नेपाली राजदूतावासले न्यूनतम १ हजार दिराम भन्दा कम तलब भएका मागपत्रहरू प्रमाणीकरण गर्ने छैन । 

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - ११:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij