Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

नियमित शुल्क बाहेक कुनै पनि भाडा वृद्धि भएको छैन :पठाओ

नियमित शुल्क बाहेक कुनै पनि भाडा वृद्धि भएको छैन :पठाओ


  • 2.4K
    Shares

    नियमित शुल्क बाहेक कुनै पनि भाडा वृद्धि भएको छैन :पठाओ
    images

    काठमाडौं । आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरू आइरहेको बेला नेपालको राइड सेयरिङ कम्पनी पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।

    कम्पनीले यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ ।

    पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।

    अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।

    साथै पठाओले केही समस्या पर्दा २४सै घण्टा पठाओको कल सेन्टरको नम्बर ०१(५९७००९९ मा सम्पर्क गरी पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।

    503653113_713019684642957_1323666801873220000_n.jpg

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ११:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij