Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

केन्द्रीय बैंक ६६ औँ वर्षमा प्रवेश, गभर्नरले दिए शुभकामना सन्देश

केन्द्रीय बैंक ६६ औँ वर्षमा प्रवेश, गभर्नरले दिए शुभकामना सन्देश


  • 11.9K
    Shares

    केन्द्रीय बैंक ६६ औँ वर्षमा प्रवेश, गभर्नरले दिए शुभकामना सन्देश
    images

    काठमाडौं । केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंक आज ६६ औँ वर्षमा प्रवेश गरेको छ ।

    स्थापनाको ६६ औँ वर्षका अवसरमा गभर्नर महाप्रसाद अधिकारी एवम् नेपाल राष्ट्र बैंक परिवारले शुभकामना सन्देश दिँदै मुलुकको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिवद्धता व्यक्त गरिएको छ ।

    शुभकामना सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक एवम् सुखद अवसरमा मुलुकको आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधरणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्क्षित गरेको आर्थिक विकासको लक्ष्य प्राीपतमा सहयोग पुर्‍याउन सदा समर्पित रहने प्रतिवद्धत व्यक्त गर्दछौं ।’

    यस्तै शुभकामना सन्देशमा कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न जिम्मेवारी बोधका साथ केन्द्रीय बैंकले गर्नुपर्ने भूमिका निर्वाह गर्दै सुदृढ अर्थतन्त्र निर्माणतर्फ अग्रसर रहने प्रण समेत गरिएको छ ।

     

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij