Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्व २२ करोड राजश्व असुल गर्न बाँकी

अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्व २२ करोड राजश्व असुल गर्न बाँकी


  • 1.2K
    Shares

    अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्व २२ करोड राजश्व असुल गर्न बाँकी
    images

    काठमाडौं । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार अर्थ मन्त्रालय र मातहतको निकायले ४ खर्ब ३५ अर्ब २२ करोड राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी रहेको छ । 

    प्रतिवेदन अनुसार अर्थ मन्त्रालय र मातहतका निकायले ४ खर्ब ३५ अर्व २२ करोड राजश्व असुल गर्न बाँकी  रहेको उल्लेख गरेको छ । नेपाल सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा व्याज १ खर्ब ८१ अर्व १८ करोड रहेको छ । 

    भाखा नाघेको ऋणको सावाँ र व्याजमध्ये नेपाल विद्युत प्राधिकरणको १ खर्व २४ अर्व ४ करोड ९६८.४७ प्रतिशत रहेको छ भन सञ्चालनमा नरहेका १४ संस्थानको १ अर्ब २२ करोड ५० लाख सावाँ तथा ५ संस्थानको २४ करोड ६४ लाख व्याजको पनि भाखा नाघेको छ । 

    यसैगरी १२ स्थानीय तहमा १ अर्ब १८ करोड ६२ लाख ऋण लगानी गरेकोमा सावाँ १ अर्ब १८ करोड ३० लाख र व्याज १ अर्ब ७७ करोड ३८ लाखको भाखा नाघेको छ भने भाखा नाघेको सावाँ र व्याज तथा राजस्व बक्यौता लगायतको रकमहरू कानुनी प्रक्रियाबमोजिम असुल गर्नु पर्ने महालेखाले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १६:०९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij