२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकअनुसार चैतसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख १२ हजार २ पुगेको छ भने गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो। ९ महिनामा ९.५८ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन्।
चैतसम्म मोबाइल बैंकिङबाट ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ भने गत असारसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
वालेटको प्रयोग गरी चैतसम्म ४३ अर्ब ९१ करोड रुपैयाँको भुक्तानी भएको छ ।चैतसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ७ हजार पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij