Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको भाउ कति ?

आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.1K
    Shares

    आज अमेरिकी डलरको मूल्य घट्यो, कुन विदेशी मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन्।  

    आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। 

    हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा थियो। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा छ।  हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा थियो।

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ १३ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा थियो। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - ०७:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij