Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार जरिवाना, तिन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार जरिवाना, तिन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन


  • 2.1K
    Shares

    चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार जरिवाना,  तिन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
    images

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा व्यापारिक फर्मलाई जरिवाना गरेको छ । विभागले उक्त व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

    वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ रहेको  छ । 

    ड्राइफ्रुट लगायतका खाद्य वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताएका छन् । कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको हो।  

    वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेपछि स्वयम्भूस्थित मणिक गंगा इन्टरप्राइजेजलाई पनि २ लाख पाँच हजार रुपैयाँ, युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि लाई २ लाख रुपैयाँ, सुर्तीजन्य पसल श्रीपा स्टोरलाई सहयोग नगरेको भन्दै १५  हजार रुपैयाँ जरिवाना गरिएको छ  । 

    आइतबार विभागको निरीक्षण टोलीले ९ वटा व्यापारिक फर्ममा अनुगमन गरी कारबाहीको दायरामा ल्याएको छ । 

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - ११:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij