Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?


  • 988
    Shares

    अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य बढेको छ। तर, युरो, पाउन्ड कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर भने घटेको छ। 

    आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो। 

    त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा तोकेको छ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४५ पैसा र बिक्रीदर २० रूपैयाँ ५४ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ १९ पैसा र बिक्रीदर ४४२ रूपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३१ पैसा रहेको छ।

    यसैगरी भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

    प्रकाशित मिति :बैशाख २२ २०८२ सोमवार - ०५:२२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij