२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सिर्सिया वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले यस अवधिमा वार्षिक ६१.३४ प्रतिशत राजस्व संकलन गरेको छ । पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिएका छन् ।
साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने मंसिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड र चैतमा ४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागले वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij