२०८२ माघ ७ गते बुधवार
इराकको एक कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा ठूलो आगलागी भएको छ । यस घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
राजधानी बग्दादमा शनिबार राति खतिब अस्पतालमा भएको आगलागीमा परेर अन्य दर्जनौँ घाइते भएका छन् ।
इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले दुःखद दुर्घटनाको कारण खोल्न तत्काल अनुसन्धान गर्ने भनेका छन्।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी सुरू भएको थियो ।
अहिलेसम्म आपत्कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन् ।
अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९ का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij