२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफामा गत आर्थिक वर्ष अवधिको तुलनामा २२.५६ प्रतिशतले कमी आएको छ ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँबाट १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने यस अवधिमा इम्पेयरिमेन्ट चार्ज ८९ करोड ५० लाख रुपैयाँबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ रहेको छ ।
बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ र खराब कर्जा ५.६५ प्रतिशत पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij