Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

५० करोडमा खुम्चियाे हिमालयन बैंककाे नाफा, कस्तो छ वित्तीय प्रगति ?

५० करोडमा खुम्चियाे हिमालयन बैंककाे नाफा, कस्तो छ वित्तीय प्रगति ?


  • 981
    Shares

    ५० करोडमा खुम्चियाे हिमालयन बैंककाे नाफा, कस्तो छ वित्तीय प्रगति ?

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंक लिमिटेडकोे नाफा ७४ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चैत मसान्तसम्म बैंकको खुद नाफा ५० करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष बैंकले १ अर्ब ९४ करोड रुपैयाँबढी खुद नाफा गरेको थियो ।

    बैंकको सञ्चालन नाफा चालू आवमा बढेर ३ अर्ब ८१ करोड नाघेको छ।  बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी पनि घटेको छ । गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी चालू आवमा ७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।

    अहिले बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०८ पैसा छ भने वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ऋणात्मक रहेको छ।

    बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब १० करोड रुपैयाँमा कायम भएको  छ। बैंकले २ खर्ब ३३ अर्ब ५३ करोडबढी ऋण लगानी गरेको छ भने चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ र जगेडा कोषमा ७ अर्ब ३६ करोड ऋणात्मक र रिजर्भमा २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ०९:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij