२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराईज बैंकको नाफा २.४८ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँ बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको चैतसम्म १ अर्ब ६१ करोड नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्जमा भने गीरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोडमा सिमित भएको छ ।
९ महिनामा बैंकको नाफा सामान्य बढ्दा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ रहेको छ जुन ३.१७ प्रतिशत लाभांश वितरण गर्न पर्याप्त छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij