२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यस अवधिमा नाफा ३२.५५ प्रतिशतले बढेको हो ।
बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको तुलनामा ३२.५५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । बैंकको आम्दानी १९.७२ प्रतिशत बढेर ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँमा कायम भएको छ ।
बैंकको संचालन नाफामा पनि ३६.४१ प्रतिशत बढोत्तरी भएको छ । ९ महिनामा बैंकको नाफा ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । बैंकले आफ्ना सेयरधनीलाई ३४.०९ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३५.६१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.४७ रुपैयाँ रहेको छ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ भने बैंकले जगेडा कोषमा १३ अर्ब ६१ करोड ८६ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जामा पनि थप सुधार आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij