Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल एसबीआई बैंकको नाफामा ३.३५ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

नेपाल एसबीआई बैंकको नाफामा ३.३५ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?


  • 1.4K
    Shares

    नेपाल एसबीआई बैंकको नाफामा  ३.३५ प्रतिशतले वृद्धि,  प्रतिसेयर आम्दानी कति ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस आर्थिक वर्षमा बैंकको खुद नाफा ३.३५ प्रतिशतले मात्रै वृद्धि भएको छ  ।

    चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो ।

    बैंकको विरणयोग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ भने हाल बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

    बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४ करोड २९ लाख रूपैयाँले घटेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यस वर्ष घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ ।

    बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ राखेको छ भने बैंकसँग ४.०६ प्रतिशत खराब कर्जा छ । हाल बैंकको प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ कायम भएको छ ।

     

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १५:३७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij