२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा ११.१७ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ पुगेको थियो ।
बैंकको खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोडमा सीमित भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा बैंकको आम्दानी ३ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन आम्दानी ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।
खराब कर्जा २.१४ प्रतिशतबाट घटाएर १.४४ प्रतिशतमा सीमित गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ पैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा आएको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij