२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालु आर्थिक २०८१/८१ वर्षको तेस्रो त्रैमाससम्ममा नविल बैंकको नाफा ८.२१ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भन बैंकको नाफा गत वर्ष भन्दा ३८ करोड ३४ लाख रुपैयाँ बढी भएको छ । बैंकको विरणयोग्य नाफा ४ अर्ब ५४६ करोड ७० लाखबाट वृद्धि भएर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ। बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेर १ अर्ब २० करोड रुपैयाँमा सिमित भएको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफामा १४.०३ प्रतिशतले बढेको छ। सबैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा सीमित कायम भएको छ।
हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने १.५९ प्रतिशत खराब कर्जा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij