Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशत घट्यो, वितरणयोग्य मुनाफा २ अर्ब नजिक

कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशत घट्यो, वितरणयोग्य मुनाफा २ अर्ब नजिक


  • 932
    Shares

    कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशत घट्यो,  वितरणयोग्य मुनाफा २ अर्ब नजिक

     काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनासम्ममा कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

    बैंकको खुद ब्याज आम्दानी घटेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको छ ।  यस वर्ष १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ८ करोड ६४ लाख रुपैयाँ घटेको छ भने बैंकको सञ्चालन नाफा २ अर्ब ५९ करोड रुपैयाँ रहेको  छ।

    बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने खराब कर्जा ४.९८ प्रतिशत  रहेको छ । बैैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने हाल बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १४:३८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij