२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–२ नामक म्युचुअल फन्डको इकाइहरु भोलिदेखि कारोबारमा आउने भएको छ।
एनएमबि क्यापिटल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच आज म्युचुअल फन्डको इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको हो । कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँने भएको ।
नेप्सेमा यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड ६४ लाख ८४ हजार इकाइ सूचीकृत भएको छ। एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij