Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल, नबिल बैंक पहिलो स्थानमा

वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल, नबिल बैंक पहिलो स्थानमा


  • 1.6K
    Shares

    वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा आर्जन  गर्न सफल,  नबिल बैंक पहिलो स्थानमा

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको छ। ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। अहिलेसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक पहिलो स्थानमा रहेको छ। 

    फागुनसम्म नबिल बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ८.२१ प्रतिशतले वृद्धि भएको छ।

    ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३७.१२ प्रतिशतले बढेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत र्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ३८.६१ प्रतिशतले बढेको छ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ र नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, नाफा आर्जन गरेको छ । 

    कृषि विकास बैंकले १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ,  प्रभु बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ र  सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ र नाफा आर्जन गरेको छ । 

    यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा सिजिजन्स बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ३२ लाख रुपैयाँ,  हिमालयन बैंकले ५० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ र  एनआईसी एसिया बैंकको १५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने यीनीहरुको नाफा घटेको छ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ११:४३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij