२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा नेपाल बैंक लिमिटेडको नाफामा २०३८.५ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार २ अर्ब ७८ करोड रुपैयाँबढी खुद नाफा आर्जन गर्न सफल भएको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड पुगेको छ भने प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ १८ पैसाबाट बढेर २५ रुपैयाँ २६ पैसासम्म पुगेको छ। गत वर्षको लाभांश क्षमता १ अर्बले ऋणात्मक रहेको थियो ।
बैंकको सञ्चालन नाफा ५८ करोडबाट वद्धि भएर ४ अर्ब ३१ करोड पुगेको छ । खुद ब्याज आम्दानी ७ करोड १० लाख रुपैयाँ र कुल सञ्चालन ८ करोड ५६ लाख रुपैयाँ माथि बढेको छ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० करोड र रिजर्भ कोषमा २३ अर्ब ३१ करोड रुपैयाँबढी रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij