२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा १४.८० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ९.१२ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
बैंकको निष्क्रिय कर्जा ०.६९ प्रतिशतबाट बढेर १.६० प्रतिशतमा पुगेको छ भने चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ३२ पैसा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij