Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकको नाफामा ३.५१ प्रतिशतले वृद्धि

प्रभु बैंकको नाफामा ३.५१ प्रतिशतले वृद्धि


  • 834
    Shares

    प्रभु बैंकको नाफामा ३.५१ प्रतिशतले वृद्धि

     काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंक लिमिटेडको नाफामा ३.५१ प्रतिशतले वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ महिनामै बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

    समिक्षा अवधिमा बैंकको नाफा साढे ६ करोड बढेको हो भने बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ४० लाख रूपैयाँ घटेको छ । बैंकले गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी रहेको थियो भने चालु वर्ष घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा भएको छ।

    बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ। खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  यस वर्ष घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा कायम भ्एको छ।

    बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १०:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij