Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा


  • 2.9K
    Shares

    विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।

    बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको छ । सो एफपीओ ५ हजार १२९ जनाले पाएका छन् ।

    तीमध्ये २ जनाले ११ कित्ताका दरले पाएका छन्, एक जनाले १०.५० कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन् ।

    कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको थियो । १९ लाख १५ हजार ८१० जनाको हात रित्तो भएको छ । कुल स्वीकृत आवेदकमध्ये ९९. ७ प्रतिशतको हात्त रित्तो भएको हो ।

    यसको नतिजा केहीबेरमा सीडीएससीको वेबसाइट मा हेर्न सकिनेछ ।

    सर्वसाधारणको सेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०९:१७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij