Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

६ महिनामा अमेरिकाबाट १०० जना नेपाली डिपोर्ट

६ महिनामा अमेरिकाबाट १०० जना नेपाली डिपोर्ट


  • 1.5K
    Shares

    ६ महिनामा अमेरिकाबाट १०० जना नेपाली डिपोर्ट
    images

    काठमाडौं । अमेरिकी सरकारले अवैधानिक रूपमा बसेका आप्रवासीमाथि कडाइ गर्न थालेसँगै पछिल्लो ६ महिनामा एक सय नेपालीलाई डिपोर्ट गरेको छ ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्यांकअनुसार यही चैतको अन्तिम साता मात्रै १३ जना नेपाली डिपोर्ट भएर स्वदेश फर्केका छन्। जसमा ११ जना पुरुष र २ जना महिला रहेका छन्।

    ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ सुरु भएपछि कात्तिक महिनामा ३, मंसिरमा १३, पुसमा ६, माघमा २५, फागुनमा २३ र चैतमा ३० जना नेपाल फिर्ता भए। जसमा १० जना महिला र ९० जना पुरुष रहेका छन्।

    आव २०७५ को साउनदेखि २०८१ को असारसम्म अमेरिकाबाट नेपाल डिपोर्ट हुने नेपालीको संख्या १ सय ९९ रहेको थियो। मानव बेचबिखन नियन्त्रण ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार डिपोर्ट भएर आउनेहरू प्रायः सबैजना अवैध बाटो हुँदै अमेरिका पुगेका हुन्। केही भने वैध रूपमै पुगेका पनि निष्कासनमा पर्न थालेका छन्।

    विभिन्न कारणले डिपोर्ट भएर आउनेहरू कसैले पनि लैजाने एजेन्टबारे उजुरी दिन मान्दैनन्। ब्युरोका मुद्दा शाखा प्रमुख डीएसपी ज्ञानबहादुर विष्टका अनुसार अवैध बाटो हुँदै अमेरिका जाने क्रममा नेपालीहरूले ५० लाखदेखि एक करोड रुपैयाँ खर्च गरेका हुन्छन्। ठूलो रकम खर्च भइसकेको हुँदा उनीहरूले प्रहरीमा उजुरी गर्न चाहँदैनन्। उनीहरूलाई लैजाने गाउँकै आफन्त, छरछिमेक तथा नजिकका मान्छे हुने हुँदा पनि नेपालमा आएर आफैं मिलाउने भन्दै उजुरी दिन मान्दैनन्।

    नेपालको कानुनअनुसार त्यसरी अमेरिका लैजाने एजेन्टलाई पक्राउ गरी खर्च भएको रकमबराबरकै क्षतिपूर्ति भराउने कानुन नुहुँदा पनि उनीहरू मुद्दा मामलामा अल्झन चाहँदैनन्।

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १२:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij