Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

इरानविरुद्ध पहिलोपटक हाइपरसोनिक मिसाइल हान्ने विचार गर्दै अमेरिका

इरानविरुद्ध पहिलोपटक हाइपरसोनिक मिसाइल हान्ने विचार गर्दै अमेरिका


  • 337
    Shares

    इरानविरुद्ध पहिलोपटक हाइपरसोनिक मिसाइल हान्ने विचार गर्दै अमेरिका

    अमेरिकाले पहिलोपटक इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ। 

    अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष इरानविरुद्ध सम्भावित आक्रमणका विकल्प प्रस्तुत गर्ने क्रममा हाइपरसोनिक मिसाइल प्रयोगको प्रस्ताव पनि राखेका हुन्। 

    फक्स न्युजका अनुसार सेन्टकम कमान्डर एडमिरल ब्राड कुपरले ह्वाइट हाउस सिचुएसन रुममा ट्रम्पसँग भेट गर्दै उक्त विकल्प प्रस्तुत गरेका हुन्। 

    फक्स न्युजले भनेको छ, ‘त्यस क्रममा उनले भने-सानो तर धेरै शक्तिशाली हमला सुरु गर्न सकिन्छ।’ रिपोर्टअनुसार यो आक्रमणले इरानका बाँकी सैन्य बल, नेता र महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाउन सक्छ।

    अमेरिकाको रक्षा मन्त्रालयले ‘डार्क इगल’ नामक हाइपरसोनिक मिसाइलसहित नयाँ र उन्नत हतियारको प्रयोग गर्नेबारे पनि विचार गरिरहेको छ। यो मिसाइलले २ हजार माइल ९लगभग ३२०० किलोमिटर० सम्म प्रहार गर्न सक्छ र इरानका बाँकी ब्यालिस्टिक मिसाइल लन्चरलाई निसाना बनाउन सक्छ।

    साथै अमेरिकाले मध्यपूर्वमा बी-१बी ल्यान्सर बमवर्षक विमानको तैनाथी पनि बढाइरहेको छ। जसले हाइपरसोनिक मिसाइलसहित ठुलो मात्रामा हतियार बोक्न सक्छ।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १३:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij