Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, दुई मन्त्री भेट्ने

ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, दुई मन्त्री भेट्ने


  • 890
    Shares

    ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, दुई मन्त्री भेट्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आउँदै छन्।

    राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोर आज काठमाडौं आउन लागेका हुन्।

    ट्रम्पका निकट सहयोगी मानिने गोर भारतका लागि राजदूत पनि हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रका अनुसार गोरले दुई जना मन्त्री भेट्ने कार्यक्रम तय भएको छ।

    गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट्नेछन्। बिहीबार दुई मन्त्रीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

    गोर सगरमाथा आधार शिविर जाने कार्यक्रम पनि तय भएको जानकारीमा आएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। प्रधानमन्त्री बालेन शाहलाई भेट्छन् कि भेट्दैनन् भन्नेबारे चाहिँ निश्चित भएको छैन।

    यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुर वैशाख पहिलो साता नेपाल आएका थिए। त्यतिबेला पनि उनी मन्त्रीहरूलाई भेटेर फर्किएका थिए।

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १०:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij