Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित

बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित


  • 2.2K
    Shares

    बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
    images

    काठमाडौं । बेहुलासहित एकै परिवारका २५ जनालाई बारुलोले चिल्दा विवाह नै स्थगित गर्नु परेको छ ।भारतको हिमाचल प्रदेशको हमीरपुर जिल्लाको रक्कड गाउँमा सोमबार उक्त घटना भएको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार बेहुलासहित परिवारका सदस्यहरू विवाहको तयारीमा थिए । उनीहरू स्थानीय एक मन्दिरमा पूजा गरेर आशीर्वाद लिन गएका थिए ।

    मन्दिरमै उनीहरूमाथि बारुलोको हुलले हमला गरेको थियो । यस क्रममा २५ जना घाइते भएका र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    बेहुलाका पिता दिलीप सिंहका अनुसार घाइतेलाई नादौन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बेहुलासमेत गम्भीर घाइते भएका कारण विवाह स्थगित गरिएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १४:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij