२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई सहयोग प्रदान गरेको छ ।
बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी प्याडको लागी सहयोग प्रदान गरेको छ । दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुर्नस्थापनामा लागिपरेको रक्षा नेपालले सीप, शिक्षा, काउन्सेलिङ, कानूनी सहयोग, आत्मरक्षामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको संचालनमा केही सहजता हुने बैंकले विश्वास लिएको छ ।
बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij