२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । सिटिजन्स बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा डिजिटल कारोबारमा विशेष छुट योजना ल्याएको छ। बैंकले वैशाख १ देखि ३१ गतेसम्म लागू हुने गरी योजना ल्याएको छ।
फोनपे प्रयोगकर्ताले आफ्नो व्यवसायिक कारोबार रकम क्युआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना व्यापारीलाई १ हजार ८०० रुपैयाँसम्म क्यासब्याक दिइने व्यवस्था गरिएको छ र स्मार्ट बचत खाता खोली पहिलोपटक मोबाइलबाट मोबाइल रिचार्ज गर्दा १५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंक जानकारी दिएको छ।
डेबिट कार्ड प्रयोगकर्ताहरूले पहिलोपटक पोस मेसिन वा अनलाइनमार्फत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा अधिकतम १८० रुपैयाँसम्म क्यासब्याक पाउने छन् भने मोबाइल बैंकिङमार्फत क्युआर स्क्यान गरी ५०० रुपैयाँ वा बढीको भुक्तानी गरेमा पनि १८ प्रतिशत वा अधिकतम १८० रुपैयाँ क्यासब्याक दिने भएको छ।
भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ भने सिटिजन्स बैंकले हाल फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij