Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

वैशाख महिनाको लागि कुन बैंकको ब्याजदर कति?

वैशाख महिनाको लागि कुन बैंकको ब्याजदर कति?


  • 1.8K
    Shares

    वैशाख महिनाको लागि कुन बैंकको ब्याजदर कति?

    काठमाडौं । २०८२ वैशाख महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर यथावत राखेको छ । वैशाख १ गतेदेखि लागू हुने गरि अधिकांश बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

    बैंकहरूमध्ये १६ वटाले चैत महिनाको ब्याजदरलाई वैशाखमा पनि  स्थिर राखेको छ र  बाँकी र रहेको ४ वटामध्ये ३ वटाले ब्याजदरकम गरेका छ भने १ वटाले बढाएको छ। 

    एभरेष्ट बैंकले मात्र वैशाख महिनाको लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर वृद्धि गरेको छ । उक्त महिनामा ६.६१ ब्याजदर तोकेको छ । चैतमा संस्थागततर्फ ५ प्रतिशत  मात्र ब्याज दिइएको बैंकले आगामी वैशाख भने ५.६१ प्रतिशत ब्याज दिने भएको छ ।

    सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकले आफनो ब्याजद कम गरेको छ । सानिमा बैंकले ब्याजदर कम गरेर वैशाखमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याज दिने जानकारी दिएको छ। 

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - १३:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij