Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै


  • 1.3K
    Shares

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उपदान र पेन्सन कोषमा रहेको ९७ करोड लगानी गर्ने भएको छ ।

    न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ८ प्रतिशत भन्दा कम भएको,  बैंक तथा वित्तीय संस्था संचालनमा भएको २ वर्ष पूरा गरेको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत , सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी भएको लगायतका शर्तहरु जारी सूचना उल्लेख गरीएको छ ।

    विकास बैंकमा १४ करोड ५५ लाख, वाणिज्य बैंकमा ७७ करोड ६० लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । आगाकी ७ वैशाख देखि २०८३ ७ वैशाख सम्मको लागी ३ सय ६६ दिनको मुद्दती निक्षेपमा सो रकम लगानी गर्न लागेको हो । 

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - १२:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij