Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गर्यो एकीकृत निर्देशन जारी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गर्यो एकीकृत निर्देशन जारी


  • 1.4K
    Shares

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गर्यो एकीकृत निर्देशन जारी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै नेपाल राष्ट्र बैंकले समस्या रहेको निर्माण व्यवसायीलाई ब्याज भुक्तानीको लागि सहजीकरण गरेको छ ।

    राष्ट्र बैंकले निर्माण व्यवसायीको लागि १० प्रतिशत ब्याज भुक्तानी गरेपछि ऋणको पुनर्तालीकीकरण र पुर्नसंरचना गर्न पाउने व्यवस्था पनि गरेको छ । 

    राष्ट्र बैंकले निर्देशनमा निर्माण व्यवसायीलाई प्रवाह भएको निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको हकमा ऋणीको अनुरोधमा नगदप्रवाह विश्लेषण गरी आवश्यकता आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनर्तालिकीकरण गर्न सक्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले भुक्तानी प्राप्त हुन बाँकी रहेको निर्माण व्यवसायीलाई प्रवाह भएको निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको पुनर्तालिकीकरण गर्ने बाटो खुला गरी दिएको छ । पुनर्संरचना २०८२ असार मसान्तभित्र गरिसक्नु पर्ने रहेको छ ।  बैंक तथा वित्तीय संस्थाले पुनर्संरचना गरिएकोे कर्जाहरूमा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १२:२४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij