Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

८ महिनामा बैंकहरुले ४३ अर्बभन्दा बढी नाफा आर्जन सफल, कसको कति ?

८ महिनामा बैंकहरुले ४३ अर्बभन्दा बढी नाफा आर्जन सफल, कसको कति ?


  • 1.0K
    Shares

    ८ महिनामा बैंकहरुले ४३ अर्बभन्दा बढी नाफा आर्जन सफल, कसको कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनासम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन सफल भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    गत वर्षको यही अवधिमा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका थियो भने गत वर्षको तुलनामा बैंकहरुको नाफा २.८१ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिसम्म ११ वटा बैंकको नाफा वृद्धि  भएको छ भने ९ वटाको घटेको छ।

    चालु वर्षको फागुनसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ,  ग्लोबल आइएमई बैंकले ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ, नबिलले ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ८८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ५० करोड ३० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ र  सानिमा बैंकले १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    त्गस्तै, एनआईसी एसिया बैंकले ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ,  सिटिजन्स बैंकले १ अर्ब १६ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकले ९६ करोड ९१ लाख रुपैयाँ, एसबीआई बैंकले १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

     

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ११:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij