२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनको जारी गर्दै बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने व्यवस्थामा संशोधन गरिएको छ । राष्ट्र बैंकले बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने भएको छछ ।
बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको थियो भने नयाँ व्यवस्थाअनुसार विदेशमा बसोबास गरिरहेको नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकको अन्य आवश्यक कागजात लिएर मात्र खाता खोल्न सक्ने व्यवस्था संशोधन भएको छ ।
नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजत पत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नु पर्ने हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij