२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनासम्मको वित्तीय विवरणअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा ७.६ प्रतिशत ले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा भएको निक्षेप ९.५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३०४ अर्ब ८२ करोड ९६.० प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९९ अर्ब ५० करोड ९४.२ प्रतिशत ० ले बढेको थियो । यस वषको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।
फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको जम्मा निक्षेपमा बचत ३५.३ प्रतिशत, चल्ती, ५.४ प्रतिशत र मुद्दती निक्षेप ५१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको जम्मा निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ भने गत वर्षको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.५ प्रतिशत रहेको थियो ।
फागुन मसान्तमा बैंक व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.८ प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत प्रवाहित कर्जा रहेको छ । समीक्षा अवधिमा विकास बैंकहरुको ३.१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.७ प्रतिशत र निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको पाइन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij