२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकहरुलाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आह्वान गरेको छ ।
बैंकको ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले प्यान नम्बर अद्यावधिक गर्न बैंकले अनुरोध गरिएको छ ।
ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij